…
घाउ दुई प्रकारको हुँदो रहेछ… एउटा दुख्ने, चोटपटक लागेर बनेको घाउ… जसको दाग पछिसम्म रहन्छ… अलि ठुलो छ भने चस्किँदोपनि रहेछ… आँखाले देख्ने घाउ… र आर्को मनको घाउ… आँखाले नदेख्ने घाउ… जसको कारण कुनै दाग… injury.. नभई… कसैले लगाको बचन… बोली… व्यवहारले लाग्ने घाउ… मान्छेहरु आफुले गरेको व्यवहार कहिल्यै देख्दैनन् त्यसैले आफुले गरेको सब ठीक लाग्छ… आफुले बोलेको कहिल्यै सुन्दैनन्.. त्यसैले सब सहि लाग्छ… मान्छेको मन दुखाउन सजिलो छ… अमिलो बोले पुग्छ… सासानो कुराहरुलाई मनमा लिन हुन्न भन्छन्… तर मन दुखाउन कुनै ठुलो पहाड फुटाउनु पर्दैन… एक बचन अमिलो बोले पुग्छ…
जस्तै… कोहि सानो बच्चालाई उसको आमा-बुबा अथवा कुनै परिवारको सदस्यले जन्म दिनमा, यो जन्मनु आफ्नो जिन्दगीको सबैभन्दा ठुलो नोक्सानी हो, बरु मरे हुन्थ्यो भन्यो भने… त्यो बच्चाले कहिल्यैपनि आफ्नो जन्मदिन मनाउँदैन… उसको मानसिक तहबाटै आफु जन्मनु नराम्रो पक्ष हो भन्ने लाग्न थाल्छ…
… कसैको बाउले आफ्नो छोरा-छोरीलाई नागरिक्ता बनाउन नमान्नु अथवा नागरिक्ता बनाएपछि… यसको सब खर्च तीर… नत्र त्यो तेरो अधिकारको हुने छैन… भन्यो भने… एउटा भक्खर १०-११ कक्षा पढ्दै गरेको सँग नागरिक्ता बनाएको… घरमा बस्न दिएको… खान दिएको… पढाएको हिसाब खोज्यो भने त्यो Teenager ले जिन्दगीमा जस्तो सुकै प्ररिस्थिति आएपनि आफ्नो परिवारलाई सामेल गराउन चाहान्न…
… घरमा भएका आफ्ना छोरा-छोरी बीच हरेक कुरामा तुलना गर्न थालेमा… त्यसमा सँधै एकजना आफुलाई कम्जोर… जिन्दगीमा केहि गर्न नसक्ने… जस्ता विभिन्न नकारात्मक सोँच मन-मस्तिष्कमा राख्न थाल्छ… र पछि गएर उसको मन ढुङ्गा बन्न पुग्छ…
त्यसैले हामीले सोच्नु पर्छ… घाउ बनाएर त्यसमा नुनचुक लगाइ राख्ने कि राम्रो नराम्रो जस्तो सुकै समयमापनि आत्मियता देखाएर सहि र गलतको पाठ राम्रो र स्वास्थ प्रकारले सिकाउने…