…
मान्छे बिना कारण दुखी किन हुन्छ होला? मन त्यसै किन निरास हुन्छ होला? न कुनै प्रसंग न कुनै त्यस्तो दुखित घटना तर पनि कहिले काहिँ मनमा पीर किन पर्छ होला? किन त्यसै रुन मन लाग्ने हुन्छ? त्यसै त्यसै मनमा के-के कुराहरु खेल्छन्… छिन छिनमा आँखा रसाउँछन्… मनमा त्यसै छट्पटि भएजस्तो हुन्छ… मुटु दुखेजस्तो हुन्छ… अनि रुन खोज्यो आँशु आँउदैनन् तर आँखा चै रसाइ रहन्छ… आँखा रसाउनुमा र रुनुमा पनि फरक पर्दो रहेछ…. रुँदा एकैछिन दुखी भइन्छ… एकैछिन छट्पटि हुन्छ अनि त्यसपछि सब पीर.. दुख सकिन्छ… तर छिन-छिनमा आँखा रसाउँदा भने निकै लामो समयसम्म मन पीरो हुन्छ… छट्पटिले सताइरहन्छ… मन भारि हुन्छ…
आखिर यस्तो किन हुन्छ होला? मन यति धेरै बेचेन कसरी हुन सक्छ… बिना कुनै कारण? वा त्यो कारण मन-मस्तिस्कमा छ त्यसैले निरास भएको… आफुले याद गर्न नसकेको मात्र हो…
यस्तो हुँदा कसैसँग बोल्न मन नलाग्ने… एकान्तमा घोरिएर टोलाउने.. एकै ठाऊँमा घण्टै एकनासले हेरि रहने… कता जाउँ… कसो गरुँ हुने… यस्ता कारण हुन्छन्… मन सारै बेचनीमा हुन्छ… यो सब किन हुन्छ? कसरी हुन्छ? बुझ्न नै नसकिने… सायद मन र दिमागको तालमेल नमिलेमा यस्तो हुने होला…